लिड्समा इंग्ल्यान्डसँग यसकारण हार्‍यो भारत

25 Jun, 2025

भारतीय क्रिकेट टिम अहिले इंग्ल्यान्ड भ्रमणमा छ, ५ खेलको टेस्ट सिरिजका लागि। सिरिजको पहिलो खेल मंगलबार राति सकियो। जसमा भारतीय युवा टिमले चौथो इनिङमा ३७१ रनको विशाल पनि रक्षा गर्न सकेन। सो खेल इंग्ल्यान्डले ५ विकेटले जित्यो।

शुभमन गिलको कप्तानीमा नयाँ युगको शुरुआत गरेको भारतले पाँच शतक (पहिलो इनिङमा यशस्वी जायसवाल, शुभमन गिल, र ऋषभ पन्त, दोस्रो इनिङमा केएल राहुल र पन्त) बनाए पनि दुवै इनिङमा तल्लो क्रमको कोल्याप्स, क्याच छोड्नु, र बलिङमा जसप्रीत बुमराहले अन्य गोलन्दाजबाट साथ नपाउनुले हारको मुख्य कारण बन्यो। यो हारले भारतको विश्व टेस्ट च्याम्पियनशिपको यात्रालाई चुनौतीपूर्ण बनाएको छ। र नयाँ कप्तान गिलको रणनीतिमाथि प्रश्न उठाएको छ।

दुवै इनिङमा तल्लो क्रमको कोल्याप्स

भारतको पहिलो इनिङ ४७१ रनको बलियो स्कोरमा पुगेको थियो, जसमा जायसवाल (१००), गिल (१४७), र पन्त (१००) को शतक समावेश थिए। तर, ४३०–३ को स्थितिबाट अन्तिम सात विकेट केवल ४१ रनमा गुमाउनुले इंग्ल्यान्डलाई खेलमा फर्कने अवसर दियो। दोस्रो इनिङमा पनि भारतले ३३३–४ बाट अन्तिम छ विकेट ३१ रनमा गुमायो, जसले लक्ष्यलाई ४३० बाट ३७१ मा सीमित गर्‍यो।

रविन्द्र जडेजा (पहिलो इनिङः १२, दोस्रोमा २५), शार्दुल ठाकुर (१ र ४)ले तल्लो क्रमका खेलाडीले कुनै योगदान दिन सकेनन्। यस्तो कोल्याप्सले भारतले बलियो अग्रता कायम राख्न असफल भयो, जसले इंग्ल्यान्डलाई ३७१ रनको लक्ष्य पछ्याउने आत्मविश्वास दियो। यी कोल्याप्सले भारतको ब्याटिङ गहिराइको कमी उजागर गर्‍यो।

छ वटा क्याच छोड्नु

भारतको क्षेत्ररक्षण खेलको सबैभन्दा कमजोर पक्ष बन्यो। इंग्ल्यान्डको पहिलो इनिङमा छ वटा क्याच छोडिए, जसमध्ये चारवटा बुमराहको बलमा थिए। यशस्वी जैसवालले तीनवटा (बेन डकेट, ओली पोप, र ह्यारी ब्रूक) र रविन्द्र जडेजाले एकवटा (डकेट) क्याच छोडे। यी छोडिएका क्याचले इंग्ल्यान्डलाई ४६५ रनको स्कोर बनाउन सहयोग गर्‍यो, जुन भारतको ४७१ को तुलनामा केवल ६ रनले कम थियो।

दोस्रो इनिङमा पनि जायसवालले डकेटको क्याच (९७ रनमा) छोडे। जसले उनलाई १४९ रनको विस्फोटक पारी खेल्ने अवसर दियो। खेलपछि सकर्थकहरुले जैसवालको फिल्डिङमा प्रश्न उर्ठाका छन्। खेलमा थुप्रै क्यान मिस हँदा भारत खेलमा नियन्त्रण राख्ने अवसरबाट वञ्चित भयो।

बुमराहले बलिङमा साथ नपाउनु

जसप्रीत बुमराहले पहिलो इनिङमा २४.४ ओभरमा ५–८३ को उत्कृष्ट प्रदर्शन गरे, जसमा उनले जो रुटलाई १०औँ पटक आउट गरे । सेना देशहरूमा १०औँ पाँच विकेट हल लिएर कीर्तिमान बनाए। तर, अन्य बलरहरुले नलाई साथ दिन सकेनन्। मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, शार्दुल ठाकुर र रविन्द्र जडेजाले कुनै प्रभाव पार्न सकेनन्। दोस्रो इनिङमा बुमराहले विकेटविहीन रहे।

सिराजलाई ४१औँ र ८१औँ ओभर बीचमा प्रयोग नगर्नु र ठाकुरमाथि भरोसा नदेखाउनुले गिलको रणनीतिमा प्रश्न उठायो। बुमराहको एकल प्रयासले भारतलाई खेलमा राखे, तर अन्य गोलन्दाजको कमजोरीले इंग्ल्यान्डलाई ३७१ रनको लक्ष्य सहज बनायो।

इंग्ल्यान्डको बलियो प्रदर्शन

इंग्ल्यान्डको जितमा बेन डकेटको १४९ रन (१७० बल) र जो रुटको नटआउट ५६ रनले निर्णायक भूमिका खेल्यो। पहिलो इनिङमा ओली पोप (१०६) र ह्यारी ब्रूक (९९) ले भारतीय बलरको कमजोरीको फाइदा उठाए। इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णयले भारतलाई दबाबमा राख्यो, र उनको टोलीले चौथो इनिङमा ३७१ रनको लक्ष्यलाई चेज ग¥यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]