भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट केप टाउनमा जारी छ। बुधबार पहिलो दिन नै २३ विकेट पतन भएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका ५५ रनमै अलआउट भयो। उसका लागि उसका लागि कायल भेरेनले १५ रन र डेभिड बेन्डिघमले १२ रन जोडे बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
दक्षिण अफ्रिकाविरुद्ध घातक बलिङ गरेका सिराजले उनले ९ ओभरमा ३ मेडनसहित राख्दा १५ रन खर्चिएर ६ विकेट लिए। यस्तै, जसप्रित बुमराह र मुकेस कुमारले समान २ विकेट लिए।
दक्षिण अफ्रिकालाई सस्तैमा समेटेको भारतको ब्याटिङ पनि राम्रो हुन सकेन्। तल्लोक्रम कोल्याप्स भएपछि भारत १५३ रनमै अलआउट भयो। एक सयम १५३–४को अवस्थामा रहेको भारत त्यसपछि ११ अन्तरमा कुनै रन नबनाई अलआउट भयो। पछिल्ला ६ विकेट विना रन गुमायो।
भारतका विराट कोहलीले ४६, रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन बनाए भने उसका ७ ब्याट्सम्यान शुन्य रनमा आउट भए।
दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए।
पहिलो दिन नै दोस्रो इनिङ थालेको घरेलु टोली दक्षिण अफ्रिकाले दिनको खेल समाप्त हुँदा घरेलु टोलीले ३ विकेट गुमाएर ६२ रन बनाएको छ।