च्याम्पियन्स ट्रफीका लागि भारतीय टिम : सामी, जैसवाल र श्रेयस टिममा, परेनन् सिराज र नितिश

18 Jan, 2025

पाकिस्तान र दुबईमा अर्को महिना हुने हाइब्रिड मोडलको च्याम्पियन्स ट्रफीका लागि भारतीय टिम घोषणा गरिएको छ। बिसिसिआईले शनिबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

भारती टिममा लामो समयपछि मोहम्मद सामी, श्रेयस ऐयरले टिममा स्थान बनाएका छन्। यस्तै, भारतको टेस्ट र टि–२० टिममा रहेका ओपनर यशस्वी जैसवालले एकदिवसीय टिममा स्थान बनाएका छन्।

यस्तै, नियमित टिममा रहँदै आएका फास्टबलर महोहम्मद सिजार र अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नितिशकुमार रेड्डीले भने टिममा स्थान बनाउन सकेनन्।

भारतीय टिममा ओपनरका रुपमा कप्तान रोहित शर्मा, उपकप्तान शुभमन गिल र जशस्वी जैसवाल छन्। मिडलअर्डरमा विराट कोहली र श्रेयस ऐयर छन् भने मिडलअर्डरमै विकेटकिपर ब्याट्सम्यानका रुपमा ऋषव पन्त र केएल राहुल छन्।

यस्तै, अलराउन्डरका रुपमा टिममा ब्याटिङ अलराउन्डरमा हार्दिक पाण्ड्या र बलिङ अलराउन्डरमा रविन्द्र जडेजा, अक्षर पेटेल र वासिङ्टन सुन्दर छन्। टिममा बलरका रुपमा कुलदीप यादव, जस्प्रित बुमराह मोहम्मद सामी र अर्शदीप सिंह छन्।

पाकिस्तानमा हुने प्रतियोगितामा भारतले आफ्ना सबैखेल दुबईमा खेल्नेछ। भारतले फेब्रुअरी २०मा बंगलादेश, २३मा पाकिस्तान र मार्च २मा न्युजिल्यान्डसँग खेल्नेछ।