नेपालमा पहिलोपटक इन्डोर फ्रेन्चाइज क्रिकेट लिग हुने

26 Jun, 2025

काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ।

आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ।

कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्क उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन्। लिगका शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन्।

विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको र यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ। लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए।

एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ।

क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]