कोलकातामाथि चेन्नईको जित

9 Apr, 2024

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइ सुपर किंग्सले तेस्रो जित निकालेको छ। लागतार २ हारपछि जित निकाल्ने क्रममा चेन्नईले सोमबार राति कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हरायो।

यो चेन्नईको तेस्रो जित हो भने कोलकाताको यो पहिलो हार हो।

कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे।

यस्तै, शिवम दुबेले २८ रन बनाउँदा डर्याल मिचेल २५ र रचिन रविन्द्र १५ रन बनाए। बलिङमा कोलकाताका वैभव आरोराले २ र सुनिल नारिनले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ३४, सुनिल नारायण २७, अंग्रीस रगुवंशी २४, आन्द्रे रसेल १० र रिंकु सिंह ९ रन बनाए।

कोलकातालाई सस्तैमा समेट्ने क्रममा चेन्नाइका तुषार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ विकेट लिएश्र

राजस्थान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ। कोलकाता ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। चेन्नाइ ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]