इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ। शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हरयो।
पहिला ब्याटिङ गर्दै लखनऊले दिएको १६७ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
दिल्लीको जितमा ज्याक फ्रासर म्याग्रुकले डेब्यू खेलमै अर्धशत बनाए। उनले ३५ बलमा २ चौका ५ छक्का मद्दछमा ५५ रन बनाए। यस्तै, कप्तान ऋषभ पन्तले ४१ र पृथ्वी साले ३२ रनको योगदान दिए।
लखनऊका रवि विश्नोइले २ तथा नवीन उल हक र एस ठाकुरले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनायो। आठौं विकेटका लागि आईपिएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी बनेपछि लखनऊले सम्मानजनक स्कोर बनाएको थियो।
९४–७को अवस्थाबाट आयुष बधोनी र अर्शद खानले ७३ रनको साझेदारी गरेका छन्। बधोनीले ३५ बलमा ५ चौका र १ छक्का मद्दतमा ५५ रन बनाउँदा अर्शदले १६ बलमा २० रन बनाए। यस्तै कप्तान केएल राहुलले २२ बलमा ३९ रन बनाउँदा क्वेन्टन डि ककले १३ बलमा १९ रन बनाए।
लखनऊको इनिङ धरासयी बनाउने क्रममा कुलदीप यादवले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए भने खलिल अहमदले २ विकट लिए।
दोस्रो जितसँगै दिल्ली तालिकाको नवौं स्थानमा छ भने पराजित भएको लखनऊ ६ अंकसहित चौथो स्थानमा रहेको छ।