इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा दिल्लीले गुजरात टाइटान्समाथि ६ विकेटको जित निकाल्यो।
यो जितसँगै दिल्ली नवौं स्थानबाट साथ छैटौं स्थानमा उक्लिएको छ। समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ। दुवैको समान ६ अंक छ।
गुजरातले दिएको ८० रनको झिनो लक्ष्य दिल्लीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। दिल्लीका ज्याक फ्रासेर म्यागर्कले २० रन, साइ होप १९, रिषव पन्तले १६ र अभिषेक पोरेलले १५ रन बनाए।
गुजरातका सन्दीप वारियर २ तथा स्पेन्सर जोन्सन र रसिद खानले समान १ विकेट लिए।
पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरमा ८९ रनमै अलआउट भयो। उसका लागि रासिद खानले ३२ रन जोडे भने साइ सुर्दशनले १२ र राहुल टेवाटियाले १० रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गुजरातलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका मुकेश कुमारले ३ तथा इशान्त शर्मा र ट्रिस्टन स्टब्सले समान २ विकेट लिए।