जारी आईपिएलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दोस्रो जित निकालेको छ। बिहीबार राति भएको खेलमा बैंग्लुरुले सनराइजर्स हैदरावादलाई उसकै मैदानमा ३५ रनले हरायो।
लागतार ६ खेल हारेपछि बैंग्लुरुल जित निकालेको होृ। यो जितसँगै उसका प्लेअफ पुग्ने झिनो सम्भावना कायमै छ। त्यसका लागि उसले बाँकी सबै खेल जित्नुपर्ने छ भने अन्य टिमको नतिजा पनि पर्खनुपर्नेछ।
बैंग्लुरुले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७१ रन मात्रै बनाउन सक्यो। उसका लागि शहबाज अहमदले नटआउट ४० रन बनाए। उनले ३७ बलमा उनले १ चौका र १ छक्का रहार गरे।
त्यस्तै कप्तान प्याट कमिन्सले र ओपनर अभिशेक शर्माले ३१–३१ रन बनाए। विस्फोटक ब्याट्सम्यान त्रविस हेड, एडन मारक्रम र हेनरिच क्लासनको ब्याट भने चलेन।
बलिङमा बैंग्लुरूले जारी सिजनकै उत्कृष्ट सुरुआत गरेको थियो। उसले पावर प्लेमै ४ विकेट लिएको थियो। उसका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरून ग्रीनले समान २ विकेट लिए भने विल ज्याक्स र यश दयालको नाममा १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरूले ७ विकेटको क्षतिमा २०६ रन बनायो। उसका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५१ रन बनाउँदा पाटीदारले २० बलमा २ चौका र ५ छक्का मद्दतमा ५० रन बनाए।
यस्तै, ग्रीनले ग्रीनले २० बलमा ५ चौका प्रहार गर्दै ३७ रन बनाउँदा कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २५ रन जोडे।
हैदरावादका जयदेव उनाडकटले ३ तथा थंगरसन नटराजनले २ तथा प्याट कमिन्स र मयंक मार्कण्ड्यले समान १ विकेट लिए।
दोस्रो जितसहित ४ अंक जोडेको बैंग्लुरु पुछारमै छ भने १० अंकसहित तेस्रो स्थानमा छ।