राजस्थानलाई हराएसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

8 May, 2024

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्समाथि २० रनको जित निकाल्यो।

यो जितसँगै दिल्ली प्लेअफ सम्भावनालाई कायमै राखेको छ। लिगको २ खेल बाँकी छँदा दिल्ली १२ अंकसहित पाचौं स्थानमा उक्लिएको छ।

यता, राजस्थानले दुई खेल अगावै प्लेअफ पुग्ने अवसर गुमाएको छ। अघिल्लो खेल पनि १ रनले पराजित भएपछि उसले प्लेअफमा पुग्ने अवसर गुमाएको थियो। १६ अंकसहित राजस्थान दोस्रो स्थानमा छ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो। उसका लागि कप्तान सन्जु सामसनले ८६ रन बनाए। उनले ४६ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, रियान प्रयागले २७, शुभम दुबेले २५ रन, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन बनाए। दिल्लीलाई जिताउन खलिल अहमद, कुलदीप यादव र मुकेश कुमारले समान २ विकेट लिए।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।

दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ६५, जेक फ्रेजर मगर्कले ५० रन बनाए। पोरेलले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे भने मगर्कले २० बलमा ७ चौका र ३ छक्का नै प्रहार गरे।

यस्तै, ट्रिस्टन स्टब्सले २० बलमा समान ३ चौका र छक्का प्रहार गर्दैै ४१ रन बनाउँदा गुलबाद्दित नइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५ रन बनाए।

बलिङमा राजस्थानमा रविचन्द्रन अश्विनले ३ विकेट लिँदा युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १ विकेट लिए।