हेड र अभिशेकको विस्फोटक व्याटिङ, लखनउलाई हराउँदै हैदरावादको प्लेअफ सम्भावना बलियो

9 May, 2024

ओपरद्वय त्रविस हेड र अभिशेक शर्माले विस्फोटक ब्याटिङ गरेपछि आईपिएलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। बुधबार राति भएको खेलमा यी दुईले १६७ रनको विस्फोटक साझेदारी गरेपछि हैदरावादले लखनउ सुपर जायन्टसलाई १० विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै लखनउले दिएको १६६ रन लक्ष्य हैदरावादले ९.४ ओभरमा विना क्षति भेट्टायो। उसका लागि त्रविस हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन बनाउँदा अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए।

हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो। आयुष बधोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए।

हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए।

यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। रनरेटमा राम्रो सुधार गरेको हैदरावादको प्लेअफ सम्भाना बलियो बनेको छ।

यता, लागतार दुई खेलमा फराकिलो हार व्यहोरोपछि लखनउको प्लेअफ सम्भावना भने केही कठीन बनेको छ। ऊ १२ अंकसहित छैटौं स्थानमा छ।