कोहलीको सानदार व्याटिङमा बैंग्लुरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै, पञ्जाब बाहिरियो

10 May, 2024

विराट कोहलीले सानदार व्याटिङ गरेपछि रोयल च्यालेञ्जर्स बैंग्गलुरूले आईपिएलमा लागतार चौथो जित निकालेको छ।

बिहीबार राति धर्मशालामा भएको खेलमा बैंग्लुरुले पञ्जाब किंग्समाथि ६० रनको सानदार जित निकाल्यो।

२४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १८१ रनमै अलआउट भयो। उसुका लागि राइली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै सशांक सिंहले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३७ रन बनाए भने जोनी बैर्स्टोले १६ बलमा ४ चौका र १ छक्का प्रहार गरी २७ रनको योगदान गरे। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

पञ्जाबलाई अल आउट गर्ने क्रममा बैंग्लुरूका मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लकी फर्गुसन र कर्ण शर्माले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बैंग्लुरूले २० ओभरमा ७ विकेट गुमाएर २४१ रनको विशाल योगफल बनायो। उसका लागि विराट कोहलीले ९२ रन बनाए। उनले ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।

यस्ते, रजत पाटीदारले २३ बलमा ३ चौका र ६ छक्का प्रहार गरी ५५ रन बनाउँदा क्यामरून ग्रीनले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४६ रनको योगदान दिए।

बलिङमा पञ्जाबका हर्षल पटेलले ३, विद्वथ काभेरप्पाले २ विकेट लिए।

लगातार चौथो जितसँगै बैंग्लुरुको प्लेअफमा पुग्ने सम्भावना कयमै छ। उसको १२ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ।

यता, पञ्जाब भने प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बनेको छ। उ ८ अंकसहित नवौं स्थानमा छ। यसअघि नै मुम्बई इन्डियन्स पनि प्रतियोगिताबाट बाहिरिसकेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]