पुछारमा रहेर मुम्बईले सक्यो सिजन

18 May, 2024
Share:
117 Shares

५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले आईपिएपलको यो सिजन पुछारमा रहेर गरेको छ।

सिजनको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि मुम्बईले सिजन पुछारमा रहेर अन्त्य गरेको हो। लखनउ भने १४ अंकसहित छैठौं स्थानमा छ।

लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो। ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

अन्य ब्याटरहरू डेवाल्ड ब्रेभिसले २३, कप्तान हार्दिक पाण्ड्याले १६ र इशान किसनले १४ रन जोडे। लखनउका नवीन उल हक र रवि विश्नाइले समान २ विकेट लिए।

यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे।

मुम्बइका लागि नुवान थुसारा र पियुष चावलाले समान तीन–तीन विकेट लिए।