हैदरावादमाथि सानदार जित निकाल्दै कोलकाता आईपिएलको फाइनलमा

22 May, 2024
Share:
117 Shares

कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३।४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन, ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एक विकेट लिए।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए। अन्य ब्याटर भने चल्न सकेनन्।

कोलकाताका मिचेल स्टार्कले तीन, वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना, आन्द्रे रसेल र सुनिल नारिनले समान एक विकेट लिए।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ।