इन्डियन प्रिमियर लिग (आईपिएल)मा सनराइजर्स हैदरावाद विजयी भएको छ। प्रतिया्गितामा दोस्रो जित निकाल्ने क्रममा हैदरावादले शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिंग्सलाई ६ विकेटले हरायो।
डिफेन्डिङ च्याम्पियन चेन्नईको यो लगातार दोस्रो हार हो। यसअघि ऊ लगनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १६६ रनको सामान्य लक्ष्य हैदरावादले ११ बल बाँकी छँदै ४ विकेट गुमाएको भेट्टायो। उसका लागि एइडन मारक्रमले अर्धशतक बनाए। उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए।
त्यस्तै अभिषेक शर्माले १२ बलमा ३७को आक्रामक इनिङ खेल्दै टिमको जितको आधार खडा गरेका थिए। यस्तै, त्रविस हेडले ३१, शहबाज अहमदले १८ रन बनाए।
बलिङमा चेन्नईका मोइ अलीले २ तथा दिपक चाहर र महिश थिकशानाले समान १ विकेट लिए।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। चेन्नईका लागि शिभम दुबेले सर्वाधिक ४५ रन बनाए। उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै अजिंक्य रहाणेले ३५, रविन्द्र जडेजाले ३१, कप्तान रूतुराज गायकवाडले २६ रन बनाउँदा डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १२ बनाए।
बलिङमा हैदरावादका भुवनेश्वर कुमार, थंगरसन नटराजन, प्याट कमिन्स, शहबाज अहमद, जयदेव उनाडकटले समान १ विकेट लिए।