कोलकाताले जित्यो आईपिएल उपाधि

27 May, 2024

१७औं संस्करणको आर्यपिएल उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार राति चेन्नईस्थित एम चिदम्बर स्डेटियममा भएको फाइनलनमा सनराइजर्स हैदरावादमाथि ८ विकेटको एकतर्फी जित निकाल्दै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो।

१० वर्षपछि च्याम्पियन बन्ने क्रममा कोलकाताले ११४ रनको समान्य लक्ष्य १०.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि वेंकटेश ऐरले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बना भने रहमनुल्लाह गुर्बाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए।

हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबाद १८.३ ओभरमा ११३ रनमा अल आउट भयो। सिजन भर उत्कृष्ट प्रदर्शन गरेका उसका ओपनरद्वय अभिशेक शर्मा र त्रभिस हेट सस्तैमा आउट भएपछि सुरुआतबाटै हैदरावाद दबाबमा आएको थियो।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले १९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए भने एडेन माक्ररम २०, नितेश रेड्डी १३ र हेनरिक क्लासेनले १६ रन बनाए।

हैदरावादलाई सस्तैमा समेट्ने क्रममा आन्द्रे रसेलले २.३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने मिचेल स्टार्क र हर्षित रानाले समान २ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]