इन्डियन प्रिमियर लिगमा शनिबार सनराइजर्स हैदरावादले सानदार जित निकाल्यो। राति राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा अभिषेक शर्माले अविश्वनीय पारी खेलेपछि हैदराबादले पञ्जाब किङ्सलाई ८ विकेटले हरायो।
खेलमा अभिषेकले ५५ बलमा १४१ रनको विस्फोटक शतकीय पारी खेले। यो विस्फोटक पारी मद्दतमा हैदरावादले २४६ रनको विशाल लक्ष्य १८.३ ओभरमा भेट्टायो।
पञ्जाब किङ्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। कप्तान श्रेयस अय्यरको ३६ बलमा ८२ रन (६ चौका र ६ छक्का) को शानदार पारीको मद्दतले पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रनको बलियो स्कोर खडा गर्यो।
ओपनर प्रभसिमरन सिंह (४२ रन, २३ बल) र प्रियंश आर्य (३६ रन, १३ बल)ले पहिलो विकेटका लागि २४ बलमा ६६ रनको साझेदारी गरे, जुन यो सिजनको सबैभन्दा ठूलो पावरप्ले स्कोर (८९ रन) बन्यो। अन्तिम ओभरमा मार्कस स्टोइनिसले मोहम्मद शामीविरुद्ध लगातार चार छक्का प्रहार गर्दै ११ बलमा ३४ रन बनाए, जसले पञ्जाबलाई २५० नजिक पुर्यायो।
तर, शामीले ४ ओभरमा ७५ रन दिएर आईपीएल इतिहासमा भारतीय बलरको सबैभन्दा महँगो स्पेलको रेकर्ड बनाए, जोफ्रा आर्चरको ७६ रनको रेकर्डपछि दोस्रो हो। बलिङमा हैदरावादका हर्षल पटेलले ४ विकेट लिँदा इशान मलिंगाले २ विकेट लिए।
जवाफी ब्याटिङमा हैदराबादले अभिषेक शर्मा र ट्राभिस हेडको विस्फोटक सुरुवात पायो। यी दुईले पहिलो विकेटका लागि ७५ बलमा १७१ रनको साझेदारी गरे। हैदराबादको लागि कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारीको रेकर्ड बन्यो। अभिषेकले ४० बलमा शतक पूरा गरे, जुन भारतीय ब्याट्सम्यानको तेस्रो सबैभन्दा छिटो आईपीएल शतक हो।
उनले १४ चौका र १० छक्का प्रहार गर्दै १४१ रन बनाए । यो आईपीएल इतिहासमा भारतीय ब्याट्सम्यानको सर्वाधिक व्यक्तिगत स्कोर हो। यसअघि केएल राहुलको १३२ रन बनाएका थिए। यो स्कोर समग्रमा आईपीएलको तेस्रो सर्वाधिक व्यक्तिगत स्कोर पनि हो, क्रिस गेल (१७५) र ब्रेन्डन म्याकुलम )१५८) पछि।
अभिषेकले ११६ रन बाउन्ड्रीबाट बनाए, जुन हैदराबादका लागि एक इनिङ्समा बाउन्ड्रीबाट सर्वाधिक रनको रेकर्ड हो, जॉनी बेयरस्टोको ९० रनको रेकर्ड तोड्दै। उनले १० छक्का प्रहार गरे, जुन हैदराबादका लागि एक इनिङ्समा सर्वाधिक छक्काको रेकर्ड हो।
अभिषेक १६.२ ओभरमा आउट भए, तर त्यसअघि नै खेल हैदराबादको पक्षमा गइसकेको थियो। हेडले ३७ बलमा ६६ रन बनाए, भने हेनरिख क्लासेनले अविजित २१ रन बनाएर खेल समाप्त गरे। यो २४६ रनको सफल लक्ष्य हैदराबादको घरेलु मैदानमा आईपीएल इतिहासको सर्वाधिक रन चेज हो। समग्रमा आईपीएलको दोस्रो ठूलो रन चेज हो। यो खेलको कुल स्कोर ४९२ रन (पञ्जाब र हैदराबादबीचको खेलमा सर्वाधिक)
पञ्जाबका बलरहरूले भने कुनै प्रभाव पार्न सकेनन्। लकी फर्गुसन २ बल मात्र बलिङ गरेर चोटका कारण बाहिरिए, जसले पञ्जाबको रणनीतिमा ठूलो असर गर्यो।
हैदरावादको यो दोस्रो तिज हो। पहिलो खेल जितेको उसले त्यसपछिका लागतार ४ खेल हारेको थियो । यता, पञ्जाबको यो लगातार दोस्रो हार हो। यसअघि उसले लागतार तीन जित निकालेको थियो।