इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लुरु घरेलु मैदानमा जित निकाल्न असफल भएको छ। जारी सिजन तीन खेल घरमा खेलेको बैंग्लुरु तीनै खेलमा पराजित भएको छ। घर बाहिर भने उसले लगातार चार खेल जितेको छ।
शुक्रबरा राति भएको वर्षा प्रभावित खेलमा बैंग्लुरु पञ्जाबसँग ५ विकेटले पराजित भयो। वर्षापछि १४ ओभरमा झारिएको खेलमा बैंग्लुरूले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
पञ्जाबका लागि नेहाल वधेराले उत्कृष्ट ब्याटिङ गरे। उनले १९ बलमा ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ३३ रन बनाए। त्यसअघि प्रभसिमरन सिंहले २२ र प्रियांश आर्य १२ रन बनाउँदै पञ्जाबलाई राम्रो सुरुआत दिलाएका थिए।
बलिङमा बैंग्लुरुका जोश हेजलवुडले ३ ओभरमा १४ मात्र खर्चेर ३ विकेट लिए भने भुवनेश्वर कुमारले २६ रन खर्चेर २ विकेट लिए।
पहिले ब्याटिङ गरेको बैंग्लुरुले निकै खराब ब्याटिङ गरेको थियो। १२ ओभरमा ६३ रन बनाउँदा ९ विकेट गुमाएको उसका लागि अन्तिम २ ओभरमा टिम डेविडले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई सम्मान जनक योगफल तर्फ लगेका थिए। डेविडले आईपिएलकै पहिलो अर्शतक बनाए। उनले २६ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५० रन बर्ना। उनी बाहेक कप्तान रजत पटिदारले २३ रन बनाउनु बाहेक अन्यको ब्याट चलेन।
बैंग्लुरुको इनिङ धरासायी बनाउने क्रममा अर्शदीप सिंह, मार्को यान्सन, युजभेन्द्र चहल र हर्मप्रित ब्रारले समान २ विकेट लिए।
यो जितसँगै जबकि पञ्जाब १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। ८ अंकसहित बैंग्लुरु चौथो स्थानमा छ।