सनराइजर्स हैदारावाद आईपिएल २०२५बाट बाहिरिने तेस्रो टिम बनेको छ। आईपिएल अन्तर्गत सोमबर राति भएको दिल्ली क्यापिटल्सविरुद्धको खेल वर्षाले बीचमै रोकिएपछि हैदरावाद प्रतियोतिगाबाट बाहिरिएको हो।
यसअघि नै चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स बाहिरिसकेका छन्। हैदरावादको ११ खेलमा ७ अंक मात्र छ।
खेलमा पहिलो इनिङमात्र सम्भव भएको थियो। पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १३३ रन मात्र बनाउन सकेको थियो। २९–५को खराब अवस्थाबाट ट्रिस्टन स्टब्स र आशुतोष शर्माले दिल्लीके इनिङ उसकासेका थिए। दुवै अन्त्यतिर समान ४१ रन बनाए।
हैदरावादका लागि कप्तान पाट कमिन्सले घातक बलिङ गरे। उनले ४ ओभरमा १९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, जयदेव उनड्बट, हर्षल पटेल र इशान मालिंगाले समान १ विकेट लिए।
हारतर्फ उन्मूख खेलमा १ अंक प्राप्त गरेपछि दिल्लीको प्लेअफ सम्भावा भने कयमै रहेको छ। दिल्ली ११ खेलमा ६ जितसहित १३ अंक जोडेर पाँचौं स्थानमा छ।