रोमाञ्चक खेलमा मुम्बइमाथि गुजरातको जित, गुजरात प्लेअफ नजिक

7 May, 2025

गुजरात टाइटन्स आईपिएल २०२५को प्लेअफ नजिक पुगेको छ। मंगलबार राति भएको वर्षा प्रभावित रोमाञ्चक खेलमा मुम्बई इन्डिन्समाथि ३ विकेटको जित निकाल्दै गुजरात प्लेअफ नजिक पुगेको हो।

यो जितपछि गुजरात तालिको शीर्ष स्थानमा पुगेको छ। उसको ११ खेलका १६ अंक भएको छ। रोयल च्यालेन्जर्स बैंग्लुरुलाई रनरेटमा पछि पार्दै गुजरात शीर्ष स्थानमा पुगेको हो। मुम्बई भने १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ।

वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो, र गुजरातले डीएलएस विधिअनुसार १४७ रनको संशोधित लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो।

उसका शुभमन गिल ले ४३ र जोस बटलर ले ३० रन बनाए। तर, १४ ओभरपछि वर्षाले खेल रोकियो, र गुजरात ११३र२ को स्थितिमा थियो। खेल पुनः सुरु हुँदा जसप्रित बुमराह (२–१९) र ट्रेन्ट बोल्ट (२–२२) ले लगातार विकेट लिएर मुम्बईलाई खेलमा फर्काए। १८ ओभरमा गुजरात १३२–६ मा रहेका बेला वर्षाले खेल रोकिँदा उसलाई जितका लागि २ ओभमा २४ रन चाहिएको थियो। तर, डीएलएसअनुसार गुजरातले १४७ रनको नयाँ लक्ष्य पायो। अन्तिम ओभरमा १५ रन बनाउनु पर्ने भयो।

अन्तिम ओभरमा दीपक चहरले बलिङ गरे। राहुल तेवतिया पहिलो बलमा चौका र जेराल्ड कोएट्जीले तेस्रो बलमा छक्का प्रहार गरे। चहरको नो बलले स्कोर बराबर भयो। अर्को बलमा कोएट्जी आउट भएपछि गुजरातलाई अन्तिम बलमा १ रन चाहिउको थियो। जसमा अर्शद खानले रन बनाए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले ८ विकेको क्षतिमा १५५ रन मात्र बनाउन सक्यो । उसका विल ज्याक्सले ३५ बलमा ५३ रन बनाए भने सूर्यकुमार यादवले २४ बलमा ३५ रन जोडे। अन्तिमतिर कोर्बिन बोशले २२ बलमा २७ रन बनाएर मुम्बईको स्कोरलाई सम्मानजनक बनाए। गुजरातका लागि साई किशोरले २ विकेट लिए भने प्रसिद्ध कृष्णा, मोहम्मद सिराज, अर्शद खान, कोएट्जी र रसिद खानले पनि समान १ विकेट लिए।

यो जितसँगै गुजरातको ११ खेलबाट १६ अंक भएको छ। अब एक जितले उनीहरूलाई प्लेअफमा पक्का गर्न सक्छ। मुम्बई, जसले ११ खेलबाट १४ अंक जोडेको छ, अझै प्लेअफको दौडमा छ, तर उनीहरूलाई बाँकी खेलमा जित्नैपर्ने दबाब छ।

गुजरातले अब मे ११ मा दिल्ली क्यापिटल्स सँग खेल्नेछ भने मुम्बईले सोही दिन पन्जाब किंग्ससँग भिड्नेछ।