डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स आईपिएलको प्लेअफ दौडबाट बाहिरिएको छ।
शनिबार राति रोयल च्यालेन्जर्स बेंग्लुरुविरुद्धको खेल वर्षाले रद्द भएपछि कोलकाता प्लेअफ दौडबाट बाहिरिएको हो। ऊ प्लेअफ दौडबाट बाहिरिने चौथो टिम हो। यसअघि चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरवाद पनि बाहिरिसकेका थिए।
पाकिस्तानसँगको तनावपछि रोकिएको आइपिएल शनिबारबाटै सुरु भएको हो। तर, खेल भने हुन सकेन। खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्। यो पछि बेंग्लुरु १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। उसलाई प्लेअफ पुग्न अझै १ अंक आवश्यक छ। यता, कोलकाता भने १२ अंकसहित छैठौं स्थानमा छ।
बेंग्लुरूका प्रशंसकहरूले विराट कोहलीको टेस्ट क्रिकेटबाट अवकाशपछि पहिलो घरेलु खेलमा उनलाई सम्मान गर्न सेतो जर्सी लगाएर मैदानमा उपस्थित भएका थिए, तर वर्षाले उनीहरूको उत्साह धुमिल बनायो।
प्रतियोगितामा आज २ खेल हुनेछ। जसमा पहिलो खेल राजस्थान रोयल्स र पञ्जाब किंग्सबीच हुने छ भने दोस्रो खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भीड्ने छन् ।
