जारी आईपिएल अन्तर्गत आइतबार भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। आइतबार राति अरुण जेटली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १० विकेटको सानदार जित निकाल्यो।
गुजरातको यो सानदार जितसँगै तीन टिम आईपिएलको प्लेअफमा पुगेका छन्। जितसँगै गुजरात १८ अंकसहित शीर्ष स्थानमा पुग्यो, र प्लेफमा स्थान सुरक्षित ग¥यो। योसँगै समान १७ अंकसहति दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालेन्जर्स बेंग्लुरु र पञ्जाब किंग्स पनि प्लेअफमा पुगेको छ। अब यी तीन टिम शीर्ष दुईको लागि भीडन्त हुन्छ । शीर्ष दुई टिमले फाइनल पुग्ने २ मौका पाउने भएकाले त्यसको महत्व छुट्टै छ।
प्लेअफ पुग्ने अर्को एक टिम मुम्बई इन्डियन्स, दिल्ली र लखनउ सुपर जायन्ट्सबीच एक हुने छन्। अंक तालिकामा मुम्बईको १४, दिल्लीको १२ र लखनउको १० अंक छ। उनीहरु क्रमशः चौथोदेखि छैठौं स्थानमा छन्।
दिल्लीले दिएको १९९ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा विनाक्षति भेट्टयो। आईपिएलमा पहिलो पटक २ सय रनको लक्ष्य विनाक्षति चेज भएको हो। गुजरातका लागि साई सुदर्शनले शतकीय पारी खेले। उनले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै २०८ रन बनाए यस्तै सुभमन गिलले ५३ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ९३ रन बनाए।
त्यसअघि पहिला ब्याटिङ गरेका दिल्लीले केएल राहुलको शतक मद्दतमा ३ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। यो सिजनको पहिलो शतक प्रहार गरेका राहुलले ६५ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।
आइतबार दिउँसो भएको अर्को खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि १० रनको जित निकालेको थियो। यही जितले उसलाई प्लेअफमा पु¥याएको हो।
