शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पराजित भएको छ। बिहीबार राति भएको खेलमा गुजरात प्लेअफबाट बाहिरिसकेको लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भयो।
यो हारपछि गुजरातको शीर्ष दुई केही सस्यामा परेको छ। त्यसका लागि उसले अन्तिम खेलमा चेन्नईलाई हराउनै पर्ने भने बेंग्लुरु र पञ्जाब मध्ये एक टिमले कम्तिमा एक खेल हार्नुपर्ने छ। हारपछि पनि गुजरात १८ अंकसहित शीर्ष स्थानमै छ। लखनउ १२ अंकसहित छैठौं स्थानमा छ।
लखनउले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्रै बनाउन सक्यो। उसका लागि साहरुख खानले अर्धशतक बनाए। उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, सेरफन रथरफोर्डले ३८, शुभमन गिलले ३५, जोश बट्लरले ३३ र साइ सुदर्शनले २१ रन बनाए।
बलिङमा गुजरातका विल ओरुकेले ३ विकेट लिए भने आयुष बधोनी र आभेष खानले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको लखनउले मिचेल मार्सको शतक मद्दतमा २ विकेट मात्र गुमाएर २३५ रन बनायो। मार्सले ६४ बलमा १० चौका र ८ छक्का मद्दतमा ११७ रन बनाए। यस्तै, निकोलस पुरनले २५ बलमा ५६ रन बनाउँदा एइडन मारक्रमले ३६ रनको योगदान दिए।
बलिङमा गुजरातका साइ किशोर र अर्शद खानले समान १ विकेट लिए।
