दिल्लीसँग पञ्जाब पराजित, शीर्ष २ मा रहन मुम्बईलाई हराउनै पर्ने

25 May, 2025

दिल्ली क्यापिटल्सले आईपिएलमा जितका साथ सुखद अन्त्य गरेको छ। शनिबार राति जयपुरमा भएको खेलमा प्लेअफबाट बाहिरिसकेको दिल्लीले दोस्रो स्थानका पञ्जाब किंग्समाथि ६ विकेटको जित निकाल्यो।

पञबले दिएको २०७ रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि रमिर रिज्वीले अर्धशतकीय पारी खेले। उनले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए। उनको यो आईपिएल करिअरको पहिलो अर्धशतक हो।

यस्तै, करुण नायरले २७ बलमा ४४ रन बनाउँदा केएल राहुलले २५, फाप डु प्लेसिसले २३, सदिकउल्लाह अटले २२ र ट्रिस्टन स्टब्सले १८ रनको योगदान दिए। बलिङमा पञ्जाबमा हरप्रित ब्रारले २ विकेट लिँदा प्रविन दुवे र मार्को यान्सनले समान १ किवेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले कप्तान श्रेयस ऐयरको अर्धशतक मद्दतमा ८ विकेटको क्षतिमा २०६ रन बनायो। ऐयरले ३४ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५३ रन बनाए। यस्तै, मार्कस स्टोइनिसले १६ बलमा ३ चौका र ४ छक्का मद्दता ४४ र जोश इंग्लिसले १२ बलमा ३२ रनको विस्फोटक पारी खेले।

बलिङमा दिल्लीका मुस्ताफिजुर रहमानले ३ विकेट लिँदा विपराज निगम र कुलदीप यादवले समान २ विकेट लिए।

यो हारपछि पञ्जाबको शीर्ष दुई सम्भावना केही कठीन बनेको छ। उसलाई शीर्ष २ रहन अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई हराउनै पर्ने छ भने गुजराजत टाइटन्स र रोयल च्यालेन्जर्स बेंग्लुरुको खेलको नतिज पनि कुर्नु पर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]