आईपीएल फाइनल आज, को बन्ला नयाँ च्याम्पियन बेंग्लुरु कि पञ्जाब?

3 Jun, 2025

आज राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतीय प्रिमियर लिग (आईपिएल)को फाइनल खेल हुँदैछ। जसमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किंग्सले भीड्दै छन्।

यो भीडन्तसँगै आईपिएलले नयाँ विजेता पाउनेछ। नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ । लिग चरणमा शीर्षमा रहँदै क्वालिफायरमा पुगेका दुवै टिम उपाधिका लागि खेल्न लागेका हुन्। पञ्जाब ११ र बेंग्लुरु ९ वर्षपछि फाइनल पुगेका हुन्।

टिमको यात्रा र फर्म

बेंगलुरु : बेंगलुरुले यो सिजन शानदार प्रदर्शन गरेको छ। अझ घरबाहिर उसको प्रदर्शन उत्कृष्ट छ र उ यो सिजन घरबाहिर अपराजित छ। चोटका कारण लिग चरणको केही खेल गुमाएका जोश हेजवुडको आगमन पछि बलिङ र ब्याटिङ दुवैमा बेंग्लुरु उत्तिकै सन्तुलित देखिएको छ।

लिग दोस्रो स्थानमा सकाए पछि ऊ क्वालिफायर १ मा पञ्जावमाथि सानदरा जितसहित फाइनल पुगेको हो। फाइलनमा बैंग्लुरुका विराट कोहली (६१४ रन), फिल सल्ट (३८७ रन), हेजलवुड (२१ विकेट) र रजत पटिदारको कप्तानी निकै महत्वपूर्ण हुनेछ।

पञ्जाब किंग्स : पञ्जावले ११ वर्षपछि फाइनलमा स्थान बनाएको छ। लिग चरणमा २० अंकसहित शीर्ष स्थानमा रहेको ऊ क्वालिफायर २ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउादै फाइनल पुगेको हो।

पञ्जावलाई पहिलो उपाधि दिलाउन ब्याटिङमा प्रियंश आर्य, कप्तान श्रेयस ऐयर, जोश इंग्लिस, नेहाल वडेरालगायतको भूमिका महत्वपूर्ण हुनेछ। यता, बलिङमा कायल जेमिन्सन, अर्सदीप सिंह र युजभेन्द्र चहल महत्वपूर्ण हुने छन्।

हेडटु हेड र कीर्तिमान

दुवै टिमबीच यो सिजन दुई भेट भए, जसमा बेंग्लुरु १ र पञ्जाबले १ खेल जितेका छन्। क्वालिफायर १ मा बेंग्लुरुले पञ्जाबलाई १०१ रनमै समेटेर शानदार प्रदर्शन गरेको थियो। तर, पञ्जावले लिग चरणमा बेंग्लुरुमाथि ६ विकेटको जित निकालेको थियो। रेन्द्र मोदी स्टेडियमले ब्याटरमैत्री पिच प्रस्तुत गर्ने गरेको छ, जहाँ यो सिजन २४३ रनको उच्च स्कोर बनेको छ। चेस गर्ने टिमको सफलता दर बढी रहेकोले टसले खेलको नतिजामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

खेलाडी र रणनीति

बेंग्लुरु : बेंग्लुरुको बलियो पक्ष उनको शीर्षक्रम हो, जहाँ कोहली र साल्टले आक्रमणको नेतृत्व गर्नेछन्। मध्यक्रममा पाटिदार र टिम डेभिडले गहिराइ प्रदान गर्छन्। बलिङमा हेजलवुड र भुवनेश्वर कुमारले पावरप्ले र मध्य ओभरमा प्रभावशाली छन्। कप्तान पाटिदारले टस जितेमा पहिले ब्याटिङ रोज्न सक्छन्, किनकि ड्युको प्रभाव कम हुने अनुमान छ।

पञ्जाब : ञ्जाबको ब्याटिङ अय्यर र वाधेरको फर्ममा निर्भर छ। टम अर्डरमा प्रियंश र प्रवशिमरन सिंहको भूमिका महत्त्वपूर्ण हुनेछ। बलिङमा अर्शदीप, चहल र जेमिन्सको बलको संयोजनले आरसीबीलाई दबाबमा राख्न सक्छ। अय्यरले पहिले बलिङ रोजेर ड्युको फाइदा उठाउन सक्छन्।

फाइनलको माहोल र महत्त्व

नरेन्द्र मोदी स्टेडियममा १,३२,००० दर्शकको क्षमता छ, र आज यो मैदान फुल हाउस हुने अपेक्षा गरिएको छ। बेंग्लुरुका समर्थकहरूले कोहलीको १८ नम्बरको जर्सी र पिबिकेएसका फ्यानहरूले अय्यरको समर्थनमा उत्साह देखाउनेछन्। खेलअघि स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्, जसले माहोललाई थप रोमाञ्चक बनाउनेछ।