आईपिएलमा लगनउ सुपर जायन्टसले पहिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा निकोलस पुरनले विस्फोटक ब्याटिङ गरेपछि लखउनले सनराइजर्स हैदरावादमाथि ५ विकेटको जित निकाल्यो।
हैदरावादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमै भेट्टायो। उसका लागि पुरनले २६ बलमा ७० रनको विस्फोटक पारी खेले। उनले समान ६ चौका र छक्का प्रहार गरे। यस्तै मिचेल मार्सले ३१ बलमा ७ चौका र २ छक्का मद्दतमा ५२ रन बनाउँदा अब्दुल समदले ८ बलमा २२ रन बनाए।
बलिङमा हैदरावादका कप्तान प्याट कमिन्सले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनायो। उसका लागि त्रविस हेडले सर्वाधिक ४७ रन बनाए। उनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अनिकेत बर्माले १३ बलमा १६ रन बनाउँदा नितिशकुमार रेड्डीले ३२, हेनरिच क्लासनले २६ र कमिन्सले ४ बलमा १८ रन बनाए।
बलिमा सार्दुल ठाकुले ४ ओभरमा ३४ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, आवेश खान, दिग्वेस राठी, रवि विश्नोइ र प्रिनस यादवले समान १ विकेट लिए।
यो लखनउको पहिलो जित हो भने हैदरावादको पहिलो हार। पहिलो खेलमा लखन दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो भने हैदरावादले राजस्थान रोयल्सलाई हराएको थिाये।