आईपिएमा लखनउ र पञ्जाबको रोमाञ्चक जित, चेन्नईको हारको यात्रा जारी

9 Apr, 2025

इन्डियन प्रिमियर लिगमा मंगलबार दुई रोमाञ्चक खेल भए। पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्सबीच भयो। जसमा हाइस्कोरिङ म्याचमा लाखनउ ४ रनले विजयी भयो।

पहिला ब्याटिङ गर्दै लखनउल दिएको २३८ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान अजिन्का रहाणेले ३५ बलमा ६१ रन बनाउँदा वेन्कटेश ऐयरले २९ बलमा ४५ रन बनउाँदा सुनिल नारिनले १३ बलमा ३० र रिंकु सिंहले १५ बलमा ३८ रन बनाए।

बलिङमा कोलकाताका आकाश दीप र शार्दुल ठाकुले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लखनउसले ३ विकेटको क्षतिमा २३८ रन बनायो। उसका लागि निकोलश पुरनले ३६ बलमा ७ चौकाा र ८ छक्का मद्दतमा ८७ रन बनाए भने मिचेल मार्सले ४८ बलमा ६ चौका र ५ छक्का मद्दतमा ८१ रन बनाए। एइडमन मारक्रमले २८ बलमा ४८ रन बनाए।

बलिङमा हर्षित रानाले २ तथा आन्द्रे रसेलले १ विकेट लिए।

यस्तै, अर्को खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्समाथि १८ रनको जित निकाल्यो। २२० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २०१ रन मात्र बनाउन सक्यो। उसका लागि उसका लागि डेभोन कन्वेले ६९ रन बनाउँदा शिभव दुवेले ४२, रचिन रविन्द्रले ३६ र महेन्द्रसिंह धोनीले २७ रन बनाए। बलिङमा लकी फर्गुसनले २ विकेट लिए।

त्यअसघि पहिला ब्याटिङ गरेको पञ्जाबले प्रियंश आर्याको शतक मद्दतमा ६ विकेटको क्षतिमा २१९ रन बनायो। विस्फोटक ब्याटिङ गरेका प्रियंशले ४२ बलमा ७ चौका र ९ छक्का प्रहार गरेका थिए। यो आईपिएलको दोस्रो शतक हो।

यस्तै, सशांक सिंहले ३६ बलमा २ चौका र ३ छक्का मद्दतमा ५२ रन बनाउँदा मार्को यान्सनले १९ बलमा समान २ चौका र छक्का मद्दतमा ३४ रन बनाए। बलिङमा चेन्नईका खलिल अहमदल र रविचन्द्रन आविश्वनले समान २ विकेट लिए।

पहिलो खेलमा मुम्बईलाई हएको चेन्नईले त्यसयता खराब प्रदर्शन गरिरहेको छ। उसको यो लागतार चौथो हार हो। यता, पञ्जाबको भने ४ खेलमा तेस्रो जित हो।