जनकपुर बोल्टसलाई छिन्नमस्ता गाउँपालिकाको नगदसहित सम्मान

31 Dec, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिगको विजेता टोली जनकपुर बोल्टसलाई सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नगदसहित सम्मान गरिएको छ।

मधेश प्रदेशका ८ वटै जिल्लामा विजयी उत्सव मनाइरहेको बोल्ट्सको टिम मंगलबार सप्तरी पुगेको थियो। सोही अवसरमा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले विजेता टोलीलाई नगद १ लाख ५ हजारसहित दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरे।

टिम प्रबन्धक उत्सव सिग्देल तथा खेलाडी ललित राजवंशीलाई उनले चेक हस्तान्तरण गरेका थिए।

सो अवरमा अध्यक्ष चौधरीले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई र स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए।

यसैबीच खेलाडीहरुले छिन्नमस्ता भगवती मन्दिरमा विषेश पूजा गरेका छन्।