एनपीएल सिजन २ M का लागि जनकपुर बोल्ट्सलाई क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजले प्रायोजन गर्ने भएको छ।
एक कार्यक्रमकाबीच दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज खतिवडाले र क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश गौतमले हस्ताक्षर गरे।
सीईओ गौतमले राम्रो टिम स्पिरिटका साथ खेलेर ट्रफी रक्षा गर्न शुभकामना दिए। गत वर्ष जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
प्रबन्ध निर्देशक खतिवडाले यो साझेदारी लामोसम्म जाने विश्वास लिए।
जनकपुर खेलाडीले लगाउने हेल्मेटमा क्लाउड नेपालको लोगो हुनेछ। एनपीएललाई जनकपुरले नेपाल ल्युबसँग लुब्रिकन पार्टनरको रूपमा सम्झौता गरिसकेको छ।
गत वर्ष जनकपुरलाई उपाधि दिलाएका प्रशिक्षक पुबुदु दासानायके विराटनगर किंग्स लागिसकेका छन्। उनको स्थानमा जनकपुरले वेस्ट इन्डिजका ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई प्रशिक्षक बनाइसकेको छ।
गत सिजन जनकपुरको कप्तानी गरेका अनिल शाहले नयाँ प्रशिक्षकबाट थप सिक्न पाउने अपेक्षा राखे। उनले यो सिजन टोलीको कप्तानी कस्ले गर्ने भन्नेबारे टोलीले घोषणा गर्न बाँकी भएको सुनाए।
