पाकिस्तानका सोहेब मक्सुदलाई एनपिएलका लागि जनकपुरले भित्र्यायो

11 Nov, 2024
Share:
117 Shares

आसन्न नेपाल प्रिमियर लिगका लागि जनकपुर बोल्ट्स पाकिस्तानका सोहेब मक्सुदलाई अनुबन्धन गरेको छ।

जनकपुरले ३७ वर्षीय मक्सुदलाई पाँचौ विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। यसअघि उसले न्युजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोसुअ ट्रोम्स, पाकिस्तानकै मोहमद मोहसिन र श्रीलंकनमूलका अमेरिकन खेलाडी लहिररू मिलान्थालाई अनुबन्ध गरेको थियो।

मक्सुदले पाकिस्तानका लागि २९ एकदिवसीय २६ टि–२०आई खेल खेलेका छन्। टि–२०आईमा मक्सुदले २७३ रन बनाउनुका साथै १२ विकेट पनि लिएका छन्।

उनले पछिल्लो पटक पाकिस्तानका लागि २०२१ अगष्टमा वेष्टइन्डिजविरुद्ध टि–२० आई खेलेका थिए। २०२१ को टि–२० विश्वकपको पाकिस्तान टिममा मक्सुद रहेपनि चोटका कारण उनले विश्वकप खेल्न पाएनन्।

राष्ट्रिय टिमका विकेटकिपर ब्याटर बसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन्।

एनपीएलमा एउटा टिमले उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ४ खेलाडी खेलाउन पाउने छन्।