जय ट्रफीमा प्रदेशका टिमविरूद्ध विभागीय टिम हावी

11 Jan, 2025

पहिलो पटक आयोजना भएको दुई दिवसीय ‘जय ट्रफी एलिट कप’को लिगका अन्तिम खेल अहिले वीरगञ्ज र जनकपुरमा जारी छ। जसमा वीरगञ्जमा विभागीय टिम त्रिभुवन आर्मी र मधेश प्रदेश तथा जनकपुरमा नेपाल पुलिस मधेश प्रदेश भिडिरहेका छन्।

पहिलो दिन दुवै खेलमा प्रदेशका टिममाथि विभागीय टिम हावी भएका छन्। प्रदेशका टिमले बलिङ राम्रो गरेपनि उनीहरू ब्याटिङमा भने निकै संघर्ष गरिरहेका छन्।

जनकपुरमा अमित र अर्जुनको कीर्तिमानी साझेदारी

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बागमती प्रदेशलाई ११२ रनमै अलआउट गर्दै आफ्नो पहिलो इनिङ थालेको पुलिसले उत्कृष्ट बलिङ गरेको छ। पुलिसले ४५.५ ओभरमा लआउट हुँदै २१५ रन बनायो।

उसका लागि अमित श्रेष्ठ र अजुृन साउद दुवैले अर्धशतकीय पारी खेले। अमितले ९७ बलमा १० चौका र २ छक्का मद्दतमा ७९ रन बनाउँदा अर्जुृनल् ८२ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७७ रन बनाए। यी दुईले चौथो विकेटका लागि कीर्तिमानी १४८ रनको साझेदारी गरे। यो प्रतियोगिताकै ठूलो साझेदारी हो।

यी दुई बाहेक गुल्सन झाले १७ रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान २ विकेट लिए।

इशानको अर्धशतक, बामगती ११२ रनमै अलआउट

त्यसअघि पहिला ब्याटिङ गरेको बागमती इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपनि ११२ रनमै अलआउट भयो। ओपनिङमा आएका इशानले ९४ बल खेल्दै १० चौका प्रहार गरे। यस्तै, प्रतिक श्रेष्ठले १२ रन बनाउनु बाहेक अन्यले दोहोरौ अंकमा स्कोर बनाउन सकेनन्।

पुलिसलाई अलआउट गरेपनि बागमतीले दोस्रो इनिङ सुरु गरेको छ। दिनको खेल सकिँदा बागमतीले विनाक्षति ६ रन बनाएको छ।

श्रवणको ह्याट्रिक

बागमतीको इनिङ धरासायी बनाउने क्रममा पुलिसका मिडियम पेसर श्रवण यादवले ह्याट्रिक लिए। प्रतियोगिताकै पहिलो ह्याट्रिक आफ्नो नमममा लेखाउने क्रममा श्रवणले पहिलो इनिङको २७औं ओभरको अन्तिम तीनमा विकेट लिएका थिए।

उनले चौथो बलमा पहिलो खेल खेरिहेका प्रतिक श्रेष्ठलाई १२ रनमा क्लिन बोल्ड गरेका थिए भने पाँचौं बलमा पनिले सूर्य तामाङलाई क्लिन बोल्ड नै गरेका थिए। उनले अन्तिम बलमा बागमतीका कप्तान सन्दीप लामिछानेलाई शंकर रानाबाट क्याच आउट गराएका थिए।

उनीबाहेक पुलिसका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिँदा कप्तानी गरिरहेका कुशल भुर्तेलले २ विकेट लिए।

बासिर र भीको लय, आर्मीले बलियो अस्थामा

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा बासिर अहमद र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरेपछि मधेश प्रदेशविरुद्ध आर्मी बलियो अवस्थामा आएको छ। दुवैले अर्धशतक बनाएपछि आर्मीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा २२५ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो।

प्रतियोगितामा लयमा रहेका बासिरले ९८ बमाल ८ चौका मद्दतमा ६७ रन बनाए भने भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। यी दुईले छैठौं विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए। यी दुईबाहेक ओपनर इमरान शेकले ४२ रन बनाए।

रञ्जितको ‘५ विकट हल’

मधेशका लेफ्टआर्म स्पिनर रञ्जिच कुमारले ‘५ विकट हल’मा आफ्नो नाम लेखाए। आर्मीविरुद्ध उनले १६.३ आभेभरमा ३ मेडनसहित ४४ रन खर्चेर ५ विकेट लिए। यसअघि यो उपलब्धि ललित राजवंशी, सन्दीप लामिछाने, गुल्सन झा, साहब आलम, कुशल भुर्तेल हासिल गरिसकेका छन्। जसमा सन्दीप र साहबले २ पटक ‘५ विकेट हल’ लिएका छन्।

उनीबाहेक प्रदीप पासवानले २, हरिशंकर साह र अविशेक तिवारीले समान १ विकेट लिए।

मधेशको खराब ब्याटिङ

प्रतियोगितामा खराब ब्याटिङ गरिरहेको मधेशले आर्मीविरुद्ध पनि त्यसलाई निरन्तरता दियो। पहिलो इनिङमा मधेश १०२ रनमै अलआउट भयो। उसका कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाउँदा अविशेक तिवारीले १३ र मयन यादवले ११ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

मधेशलाई सस्तैमा समेट्ने क्रममा आर्मीका साबह आलमले १२ ओभरमा ५ मेडनसहित ३७ रन खर्चेर ६ विकेट लिए। उनी प्रतियोगितामा कुल १८ विकेट लिएका छ्न।

मधेशलाई १०२ रनमै अलआउट गर्दै आर्मीले फलोअन दिएको छ। त्यसपछि दोस्रो इनिङ थालेको मधेशले विना क्षति २ रन बनाएको छ।

आर्मी र पुलिसको फाइनल सम्भावना बलियो

लिग चरणको अन्तिम खेल चलिरहँदा जय ट्रफीको फाइनल ‘विभागीय डर्बी’ हुने सम्भावना बलियो बनेको छ । अन्तिम खेलमा पनि दुवै विभागीय टिम जिततर्फ अग्रसर भएकाले फाइनल भीडन्त पुलिस र आर्मीबीच नै हुने सम्भावना प्रबल छ।

२ खेलको समाप्तिमा १ जित र १ बराबरीसहित पुलिस ४० अंकसहित शीर्ष स्थानमा छ। दुवै खेल बराबरी खेलेको आर्मी ३० अंकसहित दोस्रो स्थानमा रहँदा बागमती २८ अंकसहित तेस्रो र मधेश २१ अंकसहित चौथो स्थानमा छ।