इंग्लिस ब्याट्सम्यान जो रुट टेस्ट क्रिकेटको नम्बर १ ब्याट्सम्यान बनेका छन्। इंग्ल्यान्डलाई वेस्टइन्डिजविरुद्धको सिरिज क्लिनस्विप गराउन उत्कृष्ट प्रदर्शन गरेपछि रुट आईसिसीको टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका हुन्।
नवौं पटक टेस्टको नम्बर १ ब्याट्सम्यान बन्नेक्रममा रुटले केन विलियम्सनलाई पछि पारे। उनी १ वर्षपछि शीर्ष स्थानमा फर्किएका हुन्। विलियम्सन दोस्रो नम्बरमा छन्।
यस्तै, पाकिस्तानका बाबर अजाम तस्रो, न्युजिल्यान्डका ड्यारल मिचेल चौथो स्थानमा रहँदा अस्ट्रेलियाका स्टिभ स्मिथ पाँचौं स्थानमा छन्। भारतीय कप्तान रोहित शर्मा छैठौं, इंग्ल्यान्डकै ह्यारी ब्रुस सातौं स्थानमा छन्।
भारतीय युवा ओपन यशस्वी जैसवाल आठौं, श्रीलंकाका दिमुथ करुणारत्ने नवौं स्थानमा रहँदा एक वर्षभन्दा बढी समयदेखि टेस्ट क्रिकेट नखेलेका भारतका विराट कोहली दशौं स्थानमा छन्।
बलिङतर्फ भारतका रविचन्द्र आविश्वन शीर्ष स्थानमा छन्। अस्ट्रेलियाका जोश हेजलउड दोस्रो, भारतका जस्प्रित बुमराह तेस्रो, दक्षिण अफ्रिकाका कागिसो रबाडा चौथो र अस्टे«लियाका प्याट कमिन्स पाँचौं स्थानमा छन्।