टेस्टमा ११औं पटक बुमराहको शिकार बने जो रुट

11 Jul, 2025

भारतीय फास्ट बल जसप्रित बुमराह र इंग्लिस ब्याट्सम्यान जो रुटबीच टेस्ट क्रिकेटमा गज्जबको रोमाञ्चकता छ। यो रोमाञ्चकता बुमहराका लागि सकारात्मक छ भने रुटका लागि नकारात्मक।

लर्ड्समा जारी भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिजको तेस्रो खेलमा बुमराहले रुटलाई क्लिन बोल्ड गरे। जारी टेस्टको दोस्रो दिन पहिलो सेसनमा बुमराहले रुटलाई शतक बनाए लगत्तै बोल्ड गरेका थिए।

लामो टेस्ट करिअरमा रुट ११औं पटक बुमराहको सिकार भएका हुन्। पहिलो दिन रुटले कमैमात्र बुमराहको सामना गरेका थिए। बुमराह बलिङमा आउँदा उनी अधिकांश समय ननस्ट्राइकमा हुन्थे। यसअघि उनलाई पहिलो टेस्टको पहिलो इनिङमा पनि बुमराहले नै आउट गरेका थिए।

टेस्टमा बुमराहले रुटलाई ६ पटक क्याच आउट गराएका छन् भने तीन पटक एलबिडब्लु आउट गरेका छन् भने २ पकट उनले रुटलाई बोल्ड गरेका छन्।

यो सँगै टेस्ट करिअरमा रुटलाई सर्वाधिक पटक एकै खेलाडीबाट आउट भएका छन्। रुट अस्ट्रेलियाका प्याट कमिन्सबाट ११ र अस्ट्रेलियाकै जोश हेजलउडबाट १० पटक आउट भएका छन्। यी दुईले समान ३१ इनिङमा यो सफलता पाउँदा बुमराहले २७ इनिङमा यो सफलता पाएका छन्।

११औं पटक बुमराहको बलमा आउट हुनुअघि रुटको करिअरको ३७औं टेस्ट शतक बनाए। समग्रमा उनी टेस्टमा सर्वाधिक शतक बनाउने सूचीमा पाँचौं स्थानमा छन्। उनीभन्दा अघि सचिन तेन्दुलकर (५१), ज्याक कालिस (४५), रिकी पोन्टिङ (४१) र कुमारा सांगाकारा (३८) छन्। खेलिरहेका खेलाडीमा भने उनी शीर्ष स्थानमा छन्। उनीभन्दा पछि ३६ शतक बनाएका अस्ट्रेलियाका स्टिभ स्मिथ छन्।

रुटको शतकमा दोस्रो दिनको खेल जारी रहँदा इंग्ल्यान्ड ३७०–९को राम्रो अस्थामा छ। उसका लाग रुटले सर्वाधिक १०६ रन बनाए भने जेस्म स्मिथले ५१, कप्तान बेन स्टोक्स र ओली पोपले समान ४४ रन बनाउँदा बेडर्न केर्स ४५ रनमा नटआउट छन्।

बलिङमा भारतका जस्प्रित बुमराहले ५ विकेटका लिएका छन्। उनले दोस्रो दिन खसेका ५ मध्ये ४ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]