सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौं : करण केसी

13 Nov, 2025
Share:
117 Shares

काठमान्डौं गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन्।

उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए।

‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ। यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरु सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ,’ उनले भने, ‘एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ । यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु। फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ।’