एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमा

27 Nov, 2024

नेपाल प्रियिमर लिग (एनपिएल) खेल्न कर्णाली याक्सका दुई विदेशी खेलाडी वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन र हङकङका ब्याट्सम्यान बाबर हायन काठमाडौं आइपुगेका छन्।

मंसिर १५ गतेबाट सुरु हुने प्रतियोगितका लागि वाल्टन र बाबर मंगलबा राति काठमाडौं आइपुगेका हुन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्सका मालिक झनकदत्त खनाल, गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

वाल्टन पहिलो पटक नेपालमा खेल्न आएका हुन् भने बाबरले यसअघि नै हङकङको राष्ट्रिय टिम र टि–२० लिग खेलिरसकेका छन्।

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले वाल्टन र बाबरसँगै भारतका स्टार ब्याट्सम्यान शिखर धवन, ओमानका पूर्वकप्तान जिसन मक्सुद र पाकिस्तानका हसन तलतलाई अनुबन्धन गरेको छ।

कर्णाली याक्सले मंसिर २ गते जनकपुर बोल्ट्सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]