कर्णालीले रिटेन गर्‍यो सोमपाल, गुल्सन, नन्दन र विपिनसहित ७ खेलाडी

1 Jul, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि कर्णाली याक्सले ७ खेलाडी रिटेन गरेको छ।

पहिलो सिजन प्लेअफसम्म पुगेको कर्णालीले मार्की खेलाडी तथा कप्तान सोमापाल कामीलगायत ७ खेलाडी रिटेन गरेको हो।

कर्णालीले मंगलकार सामाजिक सञ्जालमार्फत ७ खेलाडी रिनेट गर्ने सार्वजनिक गरेको छ।

जसमा सोमपालसँगै राष्ट्रिय टिमका अर्का सदस्य फास्ट बलर नन्दन यादव, अलराउन्डर गुल्सन झा, यू–१६ टिमका कप्तान विपिन शर्मा छन्। यस्तै, उसले युवा खेलाडीहरु अर्जुन घर्ती, युनिस विक्रम ठकुरी र दीपेन्द्र रावतलाई पनि रिटेन गरेको छ।

दोस्रो सिजनका लागि ७ खेलाडी रिटेन गर्ने कर्णाली दोस्रो टिम हो । यसअघि पोखरा एभेन्जर्सले पनि ७ खेलाडी नै रिटेन गरेको थियो।

यस्तै, सदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज र लुम्बिनी लायन्सले ६ खेलाडी रिटेन गरेका छन्। अब च्याम्पियन जनकपुर बोल्ट्स र विराटनगर किंग्सले मात्र खेलाडी रिनेट गर्न बाँकी छ।