‘कर्णाली  याक्स’को झण्डा केदारनाथ र टाइम्स स्क्वायरमा फहराइयो

11 Nov, 2024
Share:
117 Shares

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न लागेको सन्देशस्वरुप कर्णाली याक्सको झन्डा प्रसिद्ध धार्मिक स्थल र ठाउँमा फहराइएको छ।

भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र  अमेरिकाको टाइम्स स्क्यायरमा ‘कर्णाली याक्स’ को सफलताको कामना गर्दै समर्थकले झण्डा फहराएका छन्।

हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सलाई समर्थन गर्दै चितवनका सागर भट्टराईले भारत, उत्तराखण्डस्थित केदारनाथ पुगेर टोलीको झन्डा फहराए। उनले नेपाल प्रिमियर लिगका लागि सफलताको शुभकामना दिएका छन्। 

‘कर्णाली याक्सले एनपिएल खेल्दैछ। उपाधि जितको लागि शुभकामना दिन चाहन्छु,’ उनले भने।

सागरजस्तै अमेरिकामा दिनेश शेर्पालीले साथीसँग मिलेर न्युयोर्कस्थित टाइम्स स्क्वायरमा कर्णालीको झण्डा फहराए । उनी पनि एनपिएलका लागि कर्णालीको समर्थनमा जुटेका छन् । 

कर्णलीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्वखेलाडी ज्ञानेन्द्र मल्ल छन् भने मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायत छन्।