आईपिएलमा कोलकाता नाइट राइडर्सले १ रनको रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्समाथि १ रनको रोमाञ्चक जित निकाल्यो।
यो जितले कोलकाताको प्लेअफ सम्भावा कायमै राखेको छ। कोलकाताको ११ खेलमा ११ अंक भएको छ। र, ऊ छैठौं स्थानमा छ। अब बाँकी ३ खेलमा उसका लागि महत्वपूर्ण हुनेछ। यता, राजस्थान भने यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको छ। उसको ६ अंक मात्र छ।
कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याको राजस्थानले ८ विकेको क्षतिमा २०५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान रियान परागले ९५ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ४६ बलमा ६ चौका र ८ छक्का प्रहार गरे।
रियानले लागतार ६ बलमा छक्का प्रहार गरेको छ। यो आईपिएल इतिहासमा पहिलो पटक ६ बलमा छक्का प्रहार भएको हो। उनी बाहेक यजस्वी जैसवालले ३४, सिमरन हेटमायरले २९ र शुभम दुवेले २५ रन बनाए।
बलिङमा कोलकाताले मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान २ विकेट लिए।
त्यसअघि कोलकाताले आन्द्रे रसेलको अर्धशतक मद्दतमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। रसेलले २५ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५७ रन बनाए भने अंगक्रिस रघुवंशीले ४४, रमनुल्लाह गुर्बाजले ३५ र कप्तान अजिन्का रहानेले ३० रन बनाए।
बलिङमा जोफ्रा आर्चर, युधविर सिंह, महिसा थिक्सना र रियान परागले समान १ विकेट लिए।