राष्ट्रिय टिमका ओनपर कुशल भुर्तेलको शतक मद्दतमा पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब विजयी भएकामे छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा कुशलको शतक मद्दतमा पुलिसले मधेश प्रदेशलाई ५७ रनले हरायो।
पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रनमै अलआउट भयो। उसका लागि रुपेश सिंहले सर्वाधिक ४० रन बनाए भने इमरान शेखले २२ तथा रोहन विक र राकेश कमाटले समान १० रन बनाए।
मधेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका करण केसी, रशिद खान, ललित राजवंशी र सागर ढकालले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो। उसका लागि कुशल भुर्तेलले १०२ रनको इनिङ खेले। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे।
यस्तै, ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका सहित ४५ रन बनाउँदा करण केसी १६ रनको योगदान दिए।
मधेशका लागि विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए।
अर्को खेलमा लुम्बनी प्रदेश विजयी भयो। लो स्कोरिङ म्याचमा लुम्बिनीले गण्डकी प्रदेशमाथि ५ रनको जित निकाल्यो।