टि–२० वरियतामा कुशलको छलाङ, स्टिभ स्मिथ, सकिब अल हसन र ऋषव पन्तलाई पछि पारे

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टि–२० अन्तर्राष्ट्रिको ब्याटिङ वरियतामा छलाङमा मारेका छन् । वैशाख पहिलो साता भएको त्रिकोणात्मक सिरिजमार्फत नै टि–२० क्रिकेटमा डेब्यू गरेका कुशल टि–२०को व्याटिङ वरियतामा ६१औं स्थानमा आइपुगेका छन्।

बुधबारमात्रै आईसिसीले गरेको नयाँ अपडेटमा कुशलले वरीयतामा ३२ स्थान सुधार गरेका हुन् । योसँगै कुशलले अस्ट्रेलियाका स्टिभ स्थिम, इंग्ल्यान्डका जो रुट, बंगलादेशका सकिब अल असन र भारतका ऋषव पन्तलाई पनि पछि पारेका छन् ।

त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा मलेसियाविरुद्ध खेल्दै कुशलले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। उनले सुरुवाती तीन खेलमा लागतार अर्धशतक प्रहार गर्दैै विश्व कीर्तिमान पनि बनाएका थिए ।

प्रतियोगिताका कुल ५ खेलमा ४ अर्धशकसहित कुल २७८ रन बनाएका कशुल नेपाल, मलेसिया र नदेरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजकै सर्वोत्तकृष्ट खेलाडी पनि हुन्।

यस्तै टि–२० अन्तर्राष्ट्रियको ब्याटिङ वरियताको शीर्ष सयमा नेपालका पूर्वकप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल पनि छन्। चोटका कारण त्रिकोणात्मक सिरिज नखेलेका पारस ५ स्थान तल झर्दै ८८ औं स्थानमा आइपुगेका छन्। ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा यथावत छन्। उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन्। य

यसैगरी गरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ७७औं स्थानमा छन्। टि–२०को ब्याटिङमा इंग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा छन् भने बलिङतर्फ दक्षिण अफ्रिकाका तब्राइज साम्सी शीर्ष स्थानमा छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.