एनपिएल हेर्न लिजेन्ड क्रिकेटर लारा नेपाल आउँदै

11 Dec, 2024
Share:
117 Shares

अन्तर्राष्ट्रिय क्रिकेटका लेजेन्ड ब्रायन लारा नेपाल आउने भएका छन्।

वेष्टइण्डिजका लेजेन्ड क्रिकेटर लारा जारी नेपाल प्रियिमर लिग (एनपिएल) हेर्न नेपाल आउन लागेका हुन्।

एनपिएललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन नेपाल क्रिकेट संघ (क्यान)ले लारालाई नेपाल आउन निम्तो दिएको थियो। सोही निम्तो स्वीकार गर्दै उनी नेपाल आउन लागेका हुन्।

लारा नेपाल आउने पक्का भएपनि मिति भने तय भइसकेको छैन। लारा विश्वकभरका युवा ब्याट्म्यानका आइडल हुन्।

ब्रायनले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजका लागि उनले ४३२ खेल खेलेका थिए। जसमा उनले २२ हजार बढी रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा एकै इनिङमा ४ सय रन बनाएका छन्। त्यो कीर्तिमान अहिले पनि कायमै छ।