लाेकेश र शेर एक लाखसहित धनगढीमा सम्मानित

27 Feb, 2026

भारतको मुम्बईमा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपमा नेपाली राष्ट्रिय टोलीबाट सहभागी भएका सुदूरपश्चिमका दुई क्रिकेटरलाई धनगढीस्थित एसपीए कलेजले नगदसहित सम्मान गरेको छ ।

कलेजका विद्यार्थी लोकेश बम र कलेजका ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजको २७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित विशेष समारोहबीच जनही एक लाख एक हजार रूपैयाँसहित ‘एसपीए सम्मान’ प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. हेमराज पन्त र कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए। जारी विश्वकपमा दुवै खेलाडीको प्रदर्शन उल्लेखनिय रहेको थियो। इंग्ल्यान्डविरूद्ध लोकेशले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनको सानदार पारी खेल्दै नेपाललाई जितनजिक पुर्‍याएका थिए।

त्यस्तै, आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै शेर मल्लले विकेट लिएका थिए। सम्मान कार्यक्रममा बोल्दै लोकेशले एसपीए कलेजमा अध्ययनरत रहँदा अनुशासन र मेहनतका साथ अघि बढ्न पाएको अनुभव सुनाए । उनले विद्यार्थीलाई लक्ष्यप्रति समर्पित रहन आग्रह गरे।

कार्यक्रममा लोकेशकी आमाले छोराको उपलब्धीप्रति गर्व व्यक्त गर्दै कलेज परिवारलाई धन्यवाद दिइन् । एसपीए कलेजमा हाल दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध रहेका छन्। कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘एसपीए सम्मान’ प्रदान गर्दै आएको जनाएको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]