लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो नयाँ लोगो 

22 Jul, 2025

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइजी टिम लुम्बिनी लायन्सले नयाँ लोगो सर्वाजनिक गरेको छ। लुम्बिनीले एनपिएलको दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको हो।

लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको क्लबले जनाएको छ। 

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ। 

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन। पहिलो संस्करणमा खेलेको ७ मध्ये १ खेल मात्र जितेको लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो।

दोस्रो संस्करणका लागि लुम्बिनीले रोहित, विवेक यादव, तिलक भण्डारी, अविशेष गौतम, सन्दीप जोरा र दिनेश अधिकारीलाई रिटेन गरेको छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]