मिन अक्सनमा अनसोल्ड भएका व्यट्सम्यान सुमित महर्जनले एनपिएल खेल्ने भएका छन्। मिनि अक्सनमा अनसोल्ड भएका सुमितलाई लुम्बिनी लयान्सले अनुबन्धन गरेको हो।
पहिलो सिजन काठमाडौं गोर्खाजमा रहेका २६ वर्षीय ब्याट्सम्यान सुमितलाई लुम्बिनी अलराउन्डर विवेक यादवको स्थानमा टिममा समावेश गरेको हो।
विवेक यादवलाई लुम्बिनीले दोस्रो सिजनका लागि रिटेन गरेको थियो। तर, सडक दुर्घटनामा परेर घाइते भएपछि विवेक एनपिएलबाट बाहिरिएका थिए। शल्यक्रियापछि उनी अहिले आराम गरिरहेका छन्।
नेपालको उमेर समूहबाट खेलिसकेका र घरेलु क्रिकेटमा अनुभव बटुलिसकेका सुमित महर्जनको आगमनले टिमलाई सहयोग पुग्ने विश्वास लुम्बिनीले राखेको छ।
मंसिर १ गतेबाट सुरु हुने एनपिएलका लागि लुम्बिनीले भारतका तिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोविन सिंहलाई मेन्टर नियुक्त गरेको छ। यस्तै, उसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास खकुरेलललाई सहायक प्रशिक्षक बनाएको छ।
उसले विदेशी खेलाडीका रुपमा इटालीका फास्ट बलर थोम ड्रागा, अस्ट्रेलियन ब्याट्सम्यान ड्रार्सी सर्ट र अफगानिस्तानका अलराउन्डर गुल्बाद्दिन नइबलाई अनुबन्धन गरेको छ।
रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा सन्दीप जोरा, तिलक भण्डारी, विवेक यादव, शेर मल्ल, दुर्गेश गुप्ता, अविशेष गौतम, दिनेश अधिकरी, विशाल पटेल र अदिल खान छन्।
लुम्बिनीले मंसिर ४ गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
