आईपिएलमा मुम्बईको तेस्रो जित, हैदरावाद ४ विकेटले पराजित

18 Apr, 2025

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ। आईपिएलमा तेस्रो जित निकाल्ने क्रममा मुम्बइृले बिहीबार राति घरेलु मैदानमा सनराइजर्स हैदरावादमाथि ४ विकेटको जित निकाल्यो।

मुम्बईलाई जित दिलाउन विल ज्याक्सले अलराउन्डर प्रदर्शन गरे। हैदरावादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। मुम्बईले पावरप्लेमा १ विकेटको क्षतिमा ५५ रन बनाउँदै राम्रो सुरुआत गरेको थियो। जसमा रोहित शर्माले १६ बलमा ३ छक्का मद्दतमा २६ रन बनाएर आउट भए।

यस्तै, विल ज्याक्सले २६ बलमा २ चौका र १ छक्का मद्दतमा ३६ रन बनाउँदा रायन रिकेल्टनले ३१ रन (२३ बल, ४ चौका) र सूर्यकुमार यादवले २६ रन (१९ बल, ३ चौका) कप्तान हार्दिक पान्ड्याले २१ रन (९ बल, ३ चौका, १ छक्का) जोडेर टिमलाई जित दिलाए। हैदरावादका प्याट कमिन्सले २६ रन खर्चेर ३ विकेट लिए भने इशान मालिंथाले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो। उसका अभिषेक शर्माले ४० रन (२८ बल, ४ चौका, २ छक्का) र हेनरिक क्लासेनले ३७ रन (२८ बल, ३ चौका) बनाए। हैदरावादले पावरप्लेअमा विकेट नगुमाए पनि उनीहरूको विस्फोटक क्षमता अनुसार रन भने बाउन सकेन।

मुम्बईका बलरहरूले नियमित विकेट लिएर हैदरावादलाई ठूलो स्कोर बनाउन रोके। बलिङमा मुम्बईका विल ज्याक्सले ३ ओभरमा १४ रन दिएर २ विकेट भने जसप्रित बुमराह, हार्दिक पान्ड्याले र ट्रेन्ट बोल्टले समान १ विकेट लिए।

यो जितले मुम्बई ७ खेलमा ३ जितसहित अ.क तालिकाको सातौं स्थानमा उक्लिएको छ। यता, हैदरावाद ७ खेलमा २ जितसहित नवौं स्थानमा छ। मुम्बईले अब अप्रिल २१ मा लखनउ सुपर जायन्ट्ससँग खेल्नेछ।