मुम्बई आईपिएलको प्लेअफमा, दिल्ली बाहिरियो

22 May, 2025

मुम्बई इन्डियन्स आईपिएलको प्लअ‍ेफमा प्रवेश गरेको छ। बुधबार राति वानखेडे क्रिकेट मैदानमा भएको खेलमा दिल्ली क्यापिटल्समाथि ५९ रनके सानदार जित निकाल्दै मुम्बई प्लेअफमा पुगेको हो।

योसँगै आईपिएलको प्लेअफ समीकरण पुरा भएको छ। यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंग्लुरु र पञ्जाब किंग्स प्लेअफमा पुगिसकेका थिए। तर, शीर्ष दुईमा रहने टिमको टुंगो लाग्न भने अझै बाँकी छ।

सुरुआत ५ मध्ये ४ खेल हारेको मुम्बईले त्यसपछिका ७ मध्ये ६ खेल दिँदै प्लेअफमा स्थान बनाएको हो। यता, दिल्ली भने सुरुआती ४ खेल जितेर पनि प्लेअफमा स्थान बनाउन असफल भयो।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १८.२ ओभरमा १२१ रनमै अलआउट भयो। उसका लागि समीर सिज्वीले सर्वाधिक ३९ रन बनाउँदा विपराज निगमले २०, आशुतोष शर्माले १८ र केएल राहुलले ११ रन बनाए।

दिल्लीको इनिङ धरासायी बनाउने क्रममा मुम्बईका मिचेल सान्टनरले घातक बलिङ गरेर उनले ४ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, जस्प्रित बुमराहले पनि ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १८० रन बनायो। अन्तिम दुई ओभरमा ४७ रन बनाउन सकेपछि मुम्बईले प्रतिस्पर्धात्मक योगफल बनाएको थियो।

उसका लागि सूर्यकुमार यादवले अर्धशतक बनाए। उनले ४३ बलमा ७ चौका र ४ छक्का मद्दतमा ७३ रन बनाए। उनले लगतार १३ इतिङमा २५ भन्दामाथि रन बनाएका हुन्। यस्तै, तिलक बर्मले २७, रायन रिकल्टनले २५, नमन धीरले ८ बलमा २४ रन बनाउँदा विल ज्याक्सले २१ रन बनाए।

बलिङमा दिल्लीका मुकेश कुमारले २ विकेट लिए भने दुस्मन्थ चमिरा, मुस्ताफिजुर रहमान र कुलदीप यादवले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]