एनपिएल खेल्न नेपाल आए अमेरिकाका मिलिन्द कुमार

8 Nov, 2025

नेपाल प्रिमियर लिगको दोस्रो सिजन खेल्नका लागि अमेरिकी ब्याट्सम्यान मिलिन्द कुमार नेपाल आइपुगेका छन्।

मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करण खेल्नका लागि उनी आज दिउँसो नेपाल आएका हुन्। एनपिएलका लागि उनी काठमाडौं गोर्खाजमा आबद्ध छन्।

उनी युएईमा भएको विश्वकप लिग–२को त्रिकोणात्मक सिरिज खेलेर उत्तैबाट नेपाल आएका हुन्।

भारतीय मुलका मिलिन्दले दिल्ली, सिक्किम र त्रिपुराबाट रणजी ट्रफी खेलेका छन्। उनी सन् २०१४ मा दिल्ली डेयरडेभिल्स र २०१९मा रोयल च्यालेन्जर्स बेङलोरमा आबद्ध भएका थिए। तर, उनले आईपिएलमा डेब्यूको मौका भने पाएनन्।

भारतमा भविष्य नदेखेपछि उनी अमेरिका लागेका थिए। त्यहाँको घरेलु लिग माइर लिगबाट उदायका उनी अहिले अमेरिकाकी टिमको महत्वपूर्ण सदस्य हुन्। मिलिन्दले टि–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढी रन बनाएका छन्।

मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमाडौंले दोस्रो सिजनका लागि मिलिन्दसँगै अर्का अमेरिकी खेलाडी सन्नी पटेल, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, इंल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई अनुबन्धन गरेको छ।

यस्तै, काठमाडौं गोर्खाजमा करण केसी मार्की खेलाडीका रुपमा छन् भने अदिल आलम, रसिद खान, भीम सार्की, साहब आलम, दीपेश कँडेल, प्रतिक श्रेष्ठलगायत नेपाली खेलाडी छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]