अस्ट्रेलियन स्टार फास्ट बलर मिचेल स्टार्कले टि–२० अन्तर्राष्टिन्यबाट सन्न्यासको घोषणा गरेका छन्। ३५ वर्षीय स्टार्कले मंगलबार समाजिक सञ्जालफर्मात टि–२० अन्तर्राष्टिन्यबाट सन्न्यासको घोषणा गरेका हुन्।
उनी अस्ट्रेलियाका लागि तीनै फर्म्यार्टमा उत्तिकै प्रभावशाली बलर थिए। स्टार्कले टेस्ट र एकदिवसीयमा फोकस गर्नका लागि टि–२० अन्तर्राष्ट्रिय क्रिकेट छाडेको बताएका छन्।
‘टेस्ट क्रिकेट मेरो पहिलो प्राथमिकता हो। टी–२० खेल्दा निकै रमाइलो भयो, विशेषगरी २०२१ को विश्वकप। तर अब म ताजा र फिट रहँदै दीर्घकालीन योजनामा ध्यान दिन चाहन्छु,’ सन्न्यास घोषणा गर्दै उनले भनेका छन्।
स्टार्कले टि–२०मा अस्ट्रेलियाका लागि ६५ खेलमा ७९ विकेट लिएका छन्। उनी टि–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाका सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन्। टि–२० अन्तर्राष्ट्रियमा उनको इकोनोमी ७.७४ को छ भने एभरेज २३.८१को छ।
उनले सन् २०१२मा दुबईमा पाकितानविरुद्ध खेल्दै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। गत वर्षको जुनमा भारतविरुद्ध अन्तिम पटक टि–२० अन्तर्राष्ट्रियमा खेलेका थिए।
