इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाहले क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्।
लामो समयदेखि क्लबको प्रस्ताव अस्वीकार गर्दै सम्झौता नवीकरण नगर्ने अडान लिँदै आएका उनले शुक्रबार सम्झौता नवीकरण गरेको हुन्।
पछिल्लो केही सातायता भने उनी सम्झौतान नवीकरणका लागि सकारात्मक थिए । उनी अब अझै दुई सिजन एन्डफिल्ड क्लबमै रहेन छन्। उनले सन् २०२७ सम्मका लागि सम्झौतान नवीकरण गरेका हुन्।
यो सिजन सलाह निकै उत्कृष्ट फर्मममा छन्। उनले लिभरपुलका यो सिजन ४३ खेलमा ३२ गोल र २२ असिस्ट गरेका छन्। यो सिजन उनी बलोन डि’ओरको दौडमा समेत छन्।
यो खबरले लिभरपुलका समर्थकहरूलाई ठूलो राहत प्रदान गरेको छ, किनभने सलाहको यसअघिको सम्झौता यो सिजनको अन्त्यमा सकिँदै थियो।
३२ वर्षीय सलाहलाई भित्र्याउन साउदी क्लब अल हिलाल र फ्रेन्च क्लब पीएसजीले चासो देखाएका थिए। तर, उनले लिभरपुल बसाई लम्ब्याएका छन्।
लिभरपुलले सलाह र कप्तान भर्जिल भान डाइकसँग सम्झौता नवीकरणका लागि लामो समयदेखि वार्ता गरिरहेको थियो। दुवै खेलाडीले दुई–दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
तर, टिमका अर्का स्टार खेलाडी ट्रेन्ट अलेक्जेन्डर(आर्नोल्ड भने रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा जाने सम्भावना रहेको बताइएको छ। सलाहको सम्झौता नवीकरणको खबरले लिभरपुलका प्रशंसकहरूमा उत्साह थपिएको छ, किनभने उनी टिमका प्रमुख गोलस्कोरर र लिडर हुन्।
सलाहले सन् २०१७ मा एएस रोमाबाट लिभरपुल आएदेखि टिमका लागि २३४ गोल गरिसकेका छन्। उनले लिभरपुललाई प्रिमियर लिग, च्याम्पियन्स लिग र अन्य घरेलु उपाधिहरू जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
‘म यहाँ धेरै खुसी छु। मलाई यो क्लब र यहाँका समर्थकहरूको माया छ। म अझै धेरै उपाधि जित्न चाहन्छु, र यो नयाँ सम्झौताले मलाई त्यो अवसर दिनेछ,’ सम्झौता नवीकरण पछि सलाहले भनेका छन्।
लिभरपुलका मुख्य प्रशिक्षक अर्न स्लटले पनि सलाहको सम्झौता नवीकरणको स्वागत गरेका छन्। उनले सलाह विश्वस्तरीय खेलाडी भएको बताउँदै उनको अनुभव र नेतृत्वले टिमलाई ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन्।
लिभरपुल हाल प्रिमियर लिगको शीर्ष स्थानमा छ, र ऊ उपाधिबाट निकै नजिक छ।