टि–२० विश्वकप छनोटको समूहको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भयो। यो पराजयसँगै नेपाल समूहमा दोस्रो हुँदै सेमिफाइनल पुगेको छ।
अब नेपालले दोस्रो पटक सेमिफाइनल पुग्ने शुक्रबार सेमिफाइनलमा युएईलाई हराउनुपर्ने छ।
समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानसँग भएको गल्ती युएईविरुद्ध सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गर्दै आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग आजभन्दा राम्रो गर्दै दर्शकलाई खुसी दिने बतद्धाए।
‘आजको नतिजा निराशाजनक हो। म भन्दा पनि धेरै खेलाडी र उनीहरु भन्दा धेरै दर्शक निराश छन्,’ ‘हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो । भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ।’
उनले आजको खेलमा आफ्ना खेलाडीको व्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोए गरेको बताए। उनले भोलि मूलपानीमा युएइसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रुपमा लिएको र उत्साहपूर्वक क्लियर माइण्डसेट बनाएर खेल्ने बताए।