मुम्बई इन्डियन्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थान रोयल्समाथि १ सय रनको फराकिलो अन्तरले हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
आईपिएलमा मुम्बईको यो लगातार छैठौं जित हो। यो जितसँगै मुम्बई रोयल च्यालेन्जर्स बेंगलुरुलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। दुवै टिमको समान १४ अंक छ। मुम्बईको सन् २०२१ अप्रिल १७ पछि पहिलो पटक आईपीएलको अंक तालिकाको शीर्ष स्थान हो।
यो हारसँगै राजस्थान रोयल्स भने प्लेअफको दौडबाट बाहिरिएको छ। ऊ प्लेअफ होडबाट बाहिरिने दोस्रो टिम हो। यसअघि नै चेन्नई सुपर किंग्स पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। यी दुई टिम पहिलो संस्करणको आईपिएइलको फाइनलिस्ट हुन्।
जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा मुम्बईले दिएको २१८ रनको ठूलो लक्ष्य पछ्याएको रास्थान १६.१ ओभरमा ११७ रनमै लआउट भयो। उसका लागि जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाउँदा रियान परागले १६, सुभम दुवे १५ रन बनाए।
राजस्थानको इनिङ धरासायी बनाउने क्रममा कर्ण शर्मा र ट्रेन्ट बोल्डले समान ३ विकेट लिए भने जस्प्रित बुमराहले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको मुम्बईले २ विकेटको क्षतिमा २१७ रन बनायो । यो जयपुरमा आईपीएलको उच्च स्कोर हो। मुम्बईका लागि रायन रिकेल्टनले ३८ बमाल ७ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए भने रोहित शर्मा ३६ बलमा ९ चौका मद्दतमा ५३ रन बनाए। यी दुई पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। यो जारी सिजन मुम्बईको पहिलो विकेटको पहिलो शतकीय साझेदारी हो।
यी दुई बाहेक सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले समान २३ बलमा समान ४८ रन बनाए। यी दुई ले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे। मुम्बईका चार ब्याट्सम्यानले एकै इनिङमा ४०ं रन बनाए। सूर्यकुमारले लगातार ११ खेलमा २५ं रन बनाएर आईपीएल रेकर्ड कायम गरे। बलिङमा राजस्थानका महिस थिक्सना र रियान परागले समान १ विकेट लिए।
सिजनको सुरुवातमा पहिलो ५ खेलमा ४ हार बेहोरेको मुम्बईले पछिल्ला ६ खेलमा शानदार पुनरागमन गरेको छ। हार्दिक पान्ड्याको कप्तानी, रोहित शर्मा र सूर्यकुमार यादवको ब्याटिङ र जसप्रीत बुमराह र ट्रेन्ट बोल्टको बलिङले टिमलाई बलियो बनाएको छ।
यो मुम्बईको आईपीएल इतिहासमा संयुक्त लामो विजयी सिलसिला हो (सन् २००८ र २०१७ मा पनि ६ जित)। विगतमा मुम्बईले ५ वा सोभन्दा बढी लगातार जित हासिल गरेको सिजनहरू (२०१३, २०१५, २०१७, २०२०) मा चार पटक आईपीएल उपाधि जितेको छ, जुन छैठौं उपाधिका लागि सकारात्मक संकेत हो।